Comments Add Comment

इटहरीमा बहुवर्षे सडक निर्माण सुरु

Photo Credit : लिलाराज भट्टराई

३० भदौ, इटहरी । ‘वीरनारायण मार्ग’को शिलान्याससँगै इटहरीमा बहुवर्षे सडक निर्माण सुरु भएको छ । बहुवर्षे योजनाअन्तर्गत इटहरी-११ भुसकलुवादेखि इटहरी-१० आमझोंगीसम्म पुग्ने ‘वीरनारायण मार्ग’को मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

इटहरी उपमहानरले ११ वटा सडकलाई वहुवर्षे योजनामा पारेर कालोपत्रे गर्दैछ । १ सय ४४ वर्षसम्म बाचेका वीर नारायण माझीको नामबाट ‘वीरनारायण मार्ग’ नामाकरण गरिएको छ । डेढ किलोमिटर लामो यो सडकको कालोपत्रे आगामी वर्षको जेठ ४ गतेसम्म सक्ने लक्ष्य छ ।

वीरनारायण माझीको जन्म विक्रम सम्वत १९१३ मा र निधन २०५७ सालमा भएको उनका पनाति हरीनारायणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment