Comments Add Comment

किन बालबच्चामा उमेरभन्दा चाडो यौवनारम्भको संकेत ?

अहिले बच्चाहरु आफ्नो उमेरभन्दा चाडै हुर्किरहेका छन् । अर्थात उनीहरुको मानसिक/शारीरिक विकास उमेर भन्दा चाडो भइरहेको छ । अहिले ८-१० बर्षको बच्चामा यौवनारम्भको संकेत देखिन थालिएको छ । जबकि यौनारम्भको औसत उमेर १३ बर्ष हो । अहिले केही अन्तर्राष्ट्रिय अध्ययनले पनि १० बर्षको उमेरमै यौनारम्भ सुरु हुन थालेको कुरा पुष्टि गरेको छ ।

आखिर किन उमेरभन्दा चाडै बालबालिकाको शारीरिक विकास भइरहेको छ ? यसले उनीहरुमा कस्तो प्रभाव पार्न सक्छ ?

आश्चर्यलाग्दो छ कारण

अहिले अभिभावकहरु आफ्ना बालबालिकाको लालनपालनमा बढी नै सर्तक छन् । उनीहरुले बालबच्चाको खानपानमा निकै ध्यान दिने गर्छन् । पोषणका लागि फलफूल, दुध, माछामासु सेवन गराउँछन् ।

अहिले धेरैले गाइबस्तु त पालेका छैनन् । यद्यपि आफ्ना छोराछोरीलाई भने बजारबाट खरिद गरेरै दुध दिने गरेका छन् । केही अध्ययनबाट संकेत मिलेको छ कि, बच्चाहरु उमेरभन्दा चाडै हुर्कनुमा दुध पनि एउटा कारण हुनसक्छ । खासगरी ग्रोथ हर्मोन्सयुक्त दुधको कारण बच्चाहरु समयभन्दा चाडै बढ्दैछन् अर्थात उनीहरुको यौनारम्भ चाडै भइरहेको छ ।

यसको मूख्य दोषी अक्सिटोसिन हो, जो गाई-भैसीलाई दिइन्छ । गाई-भैंसीबाट धेरै दुध उत्पादन गराउन अक्सिटोसिन दिइने गरिन्छ । यसैगरी कुखुरा, बाख्रा आदिलाई पनि ग्रोथ हर्मोन्स दिइन्छ । अक्सिटोसिनले एस्ट्रोजन जस्तै काम गर्छ । यसैले आठ बर्षकी सानी बालिकामा पनि यौवनको संकेत देखिन्छ । यसमा स्तनको विकास, गुप्ताङ्गमा रौं र मासिक श्राव पर्छन् । चिकित्सकहरुका अनुसार समयभन्दा पहिले यौवनारम्भको लागि खाद्य पदार्थमा सामेल ग्रोथ हर्मोन्सको इन्जेक्शनका साथै अन्य कारण पनि छन् ।

यस किसिमको परिवर्तन खासगरी शहरी बालिकाहरुमा देखिएको छ । शहरी बालिकाहरुमा ८ बर्षको उमेरमै मासिक श्राव सुरु हुन थालेको छ भने ग्रामिण भेगका किशोरीहरुमा १४, १५ बर्षको उमेरमा मात्र हुने गरेको छ । शहरमा पौष्टिक आहारको साथसाथै चिकित्सकिय सुविधाले पनि शारीरिक विकास तिब्र रुपमा भइरहेको छ । चिकित्सा विज्ञानको हिसाबले यो चिन्ताको विषय भने होइन । असली चुनौती चाहि के हो भने शारीर र मानसिक उमेरबीच सन्तुलन कायम राख्नु ।

यी कारण पनि हुन्

हाइ प्रोटिन डाइट

पब्लिक हेल्थ त्यूटि्रशनमा प्रकासित बि्रटिश रिसर्चर्सले गरेको सन् २०१० को अध्ययन अनुसार जनवारबाट प्राप्त हुने प्रोटिनको अधिक सेवनले पनि समयभन्दा पहिले नै यौवनारम्भ भइरहेको छ । खाद्य पदार्थको गुणवत्ता नियन्त्रण गर्ने संयत्र कमजोर भएकाले वा सब्जी र अन्डामा पनि बेलाबखत अक्सीटोसिन हर्मोन बढी मात्रामा पाइने गरेको छ, जसले गर्दा समयभन्दा अगाडि नै यौवनारम्भ भएको छ ।

जंक फूड्सको सेवन

अहिलेका बच्चाहरु धेरैजसो घरभित्रै रमाउने गर्छन् । इनडोर गेम खेल्छन् । ग्याजेट्समा धेरै समय विताउँछन् । साथसाथै जंकफूडको लतमा पनि फसेका छन् । जंकफूडकै कारण उनीहरु मोटो एवं भद्दा भएका छन् । उर्जा संचयनका साथै फ्याट सेल्स लेप्टिनको निर्माण भएको छ, यो एक प्रकारको हर्मोन हो, जो भोक नियन्त्रण गर्नमा अहंम् भूमिका खेल्छ । जुन बालिकाको तौल बढी हुन्छ, उनमा लेप्टिनको स्तर बढी हुन्छ । उनीहरुको यौवनारम्भ समयअघि नै हुन्छ ।

पर्यावरण प्रदूषक

विषादी र त्यसको बाइ प्रोडक्ट आदिले शरीरको हर्मोनल सन्तुलन बिगारेको छ । यही कारण बालिकाहरुमा मोटोपन बढेको छ । यसैगरी पर्यावरणमा पनि हर्मोन्सलाई प्रभावित गर्ने रसायन पाइन्छ । यसकै प्रभावले पनि वालिकामा चाडै यौवनारम्भको संकेत देखिन थालेको छ । र, उनीहरु समयभन्दा पहिले नै सेक्शुअली परिपक्क भएका छन् ।

यसको खतरा के छ ?

यसबाट केही शारीरिक असर देखिएको छ । चाडै यौवनारम्भ हुँदा बच्चाको हड्डीको बृद्धि समयभन्दा अगाडि नै रोकिन्छ । साथै समयभन्दा अगाडि नै मासिक श्राव हुँदा पनि उनीहरु भावनात्मक र सामाजिक रुपले असहज अवस्थामा पुग्छन् ।

केही अध्ययनबाट के पाइएको छ भने समयभन्दा अगाडि नै यौवनारम्भ हुँदा पछि स्तन क्यान्सरको संभावना हुन्छ । समयअघि नै यौवनारम्भ हुँदा बाँझोपन हुने संभावना पनि रहन्छ ।

अब के गर्ने त ?

यसलाई रोक्नका लागि कुनै तयारी सूत्र छैन, जसले पूर्व यौवनारम्भको प्रभावलाई रोक्न सक्छ । यद्यपि जीवनशैली परिवर्तन गरेर यसको प्रभावबाट बच्न सकिन्छ ।

बच्चालाई जतिसक्दो बाहिरी हर्मोन्सयुक्त खानेकुराको सेवनबाट टाढा राख्नुपर्छ । जंकफूड, मासुजन्य परिकार नियन्त्रण गर्नुपर्छ । योग, ध्यानका साथै उचित र सन्तुलित खानपानमा जोड दिनुपर्छ । सक्रिय र स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment