Comments Add Comment

बाराबाट मदिरासहित २ जना भारतिय नागरिक पक्राउ

३० भदौ, वीरगञ्ज । बाराबाट प्रहरीले मदिरासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला पंचायत मझरिया बस्ने ३५ वर्षीय तेजनरायण यादव र २५ वर्षीय विजय कुमार यादव रहेका छन् ।

नेपालबाट राजश्व छलि १ सय २० बोतल कस्तुरी मदिरा साइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भदौ २९ गते मंगलबार राति सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बाराको बिश्रामपुर-१ कल्याणपुरबाट नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि मदिरासहित वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment