Comments Add Comment

बालिका बलात्कारको आरोपमा बसका सहचालक पक्राउ

३० भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर–१०, मनमैंजुमा ११ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा भोजपुर हचुवागढी गाउँपालिका–३ का ३६ वर्षीय एल्जित राई लाई पक्राउ गरेको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त, बालाजुले सोमबार विहान पक्राउ गरेको हो ।

राई बा ४ ख ८२ नम्बरको बसका सह–चालक पनि हुन् । गाडीमा सवार ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी र अर्की बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोग उनीमाथि रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यसरी सार्वजनिक भयो घटना

शुभकामना चोकमा ११ वर्षीय बालिका फेला गरेको स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली त्यहाँ पुगेको थियो । उद्दार गरेर प्रहरी कार्यालयमा सोधपुछ गर्ने क्रममा पीडितले नै जबरजस्तीकरणी भएको खुलाएकी थिइन् ।

पीडित बालिकाले प्रहरीलाई बताएअनुसार अघिल्लो दिन दुई जना शुभकामना चोकमा हराएका थिए । राति ९ बजेपछि चोकमा देखेका सह–चालक राईले बोलाएर बालिकालाई घर कहाँ हो भनी सोधेका थिए ।

एक जना बालिकाले ग्रिनल्याण्ड बताएपछि उनले राति भइसकेको बताउँदै बिहान लगिदिने प्रतिबद्धता जनाए । तर, राति आफ्नै कोठामा राखेका राईले बालिकामाथि जबरजस्तीकरणी गरेको आरोप छ ।

घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment