Comments Add Comment

मालपोतमा एक हजार घुस दाबीसहित अख्तियारले हाल्यो मुद्दा

३० भदौ, काठमाडौं । आम मानिसको बुझाइ छ, सबभन्दा धेरै भ्रष्टाचार हुने सरकारी अड्डा मध्ये एक मालपोत कार्यालय हो । झन् जग्गाको कित्ताकाटमा कडाई गरेसँगै ठूलै रकम लेनदेनमा मात्र यो काम हुने गरेको धेरैको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले पनि मालपोत कार्यालय कलंकीका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । तर, एक हजार रुपैयाँ घुस लिएको आरोपमा ।

अख्तियारले नायब सुब्बा ईश्वरीप्रसाद पोख्रेल र खरिदार रामहरि सुवेदीलाई पक्राउ गरेको छ ।

अख्तियारकाअनुसार नायब सुब्बा पोख्रेलले लेखापढी व्यावसायी तुलसीप्रसाद नेपालमार्फत एक हजार रुपैयाँ घुस लिएका हुन् । उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

मालपोत कार्यालय, कलंकीकै खरिदार रामहरि सुवेदीविरुद्ध पनि सोमबार नै विशेष अदालतमा अर्को मुद्दा दायर भएको छ । खरिदार सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार रुपैयाँ घुस लिएको अख्तियारको निश्कर्ष छ ।

दुबैले एकएक एक हजार घुस लिएको दाबीसहित विशेष अदालत, काठमाडौंमा दायर मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ अनुसार एक–एक हजार विगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment