Comments Add Comment

गुल्मीमा भिरबाट खसेर २ जनाको मृत्यु

३१ भदौ, गुल्मी । गुल्मीमा भिरबाट खसेर २ जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका-१ थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका- ५ मलागिरीमा नरे सार्कीको भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए ।

सामान किन्न पसल गएका वीरबहादुर घर नर्फकेपछि खोज्ने क्रममा मृत भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै, सार्कीको घाँस काट्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुबैजना भिरबाट करिब ३ मिटर तल खसेका थिए ।

दुबैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment