Comments Add Comment

खराब मौसमले ८ हेलिकप्टर अझै रोकिए, दुईवटा काठमाडौं आइपुगे

३१ भदौ, काठमाडौं । प्रतिकूल मौसमका कारण बाटोमै रोकिएका परेका हेलिकप्टरमध्ये दुई वटा हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।

हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार सिम्रिक एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काठमाडौंमा अवतरण भएका हुन् । अन्य ८ हेलिकप्टर भने अनुकूल मौसमको पर्खाइमा छन् ।

कुन हेलिकप्टर कहाँ छ ?

सिम्रिकका : खरिखोला – १, बनेपा ‍- २

अल्टिच्यूड एयर : रोसीखोला – १

कैलाश होलिकप्टर : धुलिखेल – १

श्री एयर : रामेछाप – १

मनाङ एयर : बासा, सोलुखुम्बु – १

फिस्टेल एयर : बासा, सोलुखुम्बु – १

यसबाहेक नेपालमा रहेका अन्य कुनै पनि हेलिकप्टर नउडेको सोसाइटीले उल्लेख गरेको छ । बाँकी हेलिकप्टर काठमाडौं तथा पोखरामा ग्राउण्डमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment