Comments Add Comment

सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थालाई अर्थमन्त्रीको आह्वान

३१ भदौ, काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई आह्वान गरेका छन् ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई सचेत गराएका हुन् ।

कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सेयर बजारमा लगानी बढाउने अनुकुल समय रहेको बताए ।

राजनीतिक स्थायित्वका कारण मुलुकको आर्थिक गतिविधि बढ्नु, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि वृद्धि हुनु सेयर बजारमा लगानी बढाउने अति अनुकुल समय भएको उनले बताए ।

सेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिए । उनले पुँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यो पनि पढ्नुहोस सेयर बजार ओरालो लाग्यो, लगानीकर्ता बिच्किए !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment