Comments Add Comment

गोलकिपरले ३६ गोल बचाएपछि कप्तानले दिएर एके-४७ उपहार

काठमाडौं । चाहे फुटबल होस् वा क्रिकेट उत्कृष्ट खेलाडीलाई खेल सकिएसँगै प्लेयर अफ द म्याच घोषणा गरी पुरस्कार दिइन्छ । पुरस्कारको रुपमा कप, मेडल वा नगद दिएको देखिन्छ ।

तर रुसमा एकजना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका कारण नगद वा पदक होइन एके-४७ बन्दुक उपहार पाएका छन् । हकी खेलमा ३६ वटा गोल बचाएको भन्दै कप्तानले गोलकिपरलाई यस्तो उपहार दिएका हुन् ।

इजस्तल इजेस्क र चेल्मेट क्लबबीच भएको हकी खेलमा इजेस्कका गोलकिपर सभेली कोनोनोभले आफ्नो गोलपोष्टमा विपक्षीले गरेका ३६ वटा प्रहार रोकेका थिए । जसका कारण इजेस्कले ३-२ ले खेल जितेको थियो ।

खेल सकिएसँगै इजेस्क टिमका अन्य खेलाडीहरुले सभेलीलाई ‘म्यान अफ द म्याच’ चुनेका थिए । त्यसपछि क्लबका पदाधिकारीहरु एके-४७ बन्दुक लिएर ड्रेसिङ रुपमा पुगे र उक्त बन्दुक टिमका कप्तानलाई सुम्पिदिए । कप्तानले उक्त बन्दुक गोलकिपर सभेलीलाई प्रदान गरे ।

हुनत खेलाडीहरुलाई उपहारमा अनौठा चिज दिएको यो पहिलोपटक होइन । यसअघि अमेरिकाको नेशनल हकी लिगका क्रममा क्यारोलिना हरिकेन्स टोलीका खेलाडीहरुलाई पुरस्कारको रुपमा बन्चरो दिइएको थियो ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment