Comments Add Comment

संविधान दिवसमा मन्त्री र कर्मचारीको भलिबल भिडन्त

१ असोज, पोखरा । टिम क्याप्टेन पृथ्वीसुब्बा गुरुङ मैदान बाहिर बसेर निर्देशन दिइरहेका थिए, ‘खाली ठाउँ छोड्नु भएन । बल उठाउनु पनि पर्‍यो ।’ मुख्यमन्त्रीको निर्देशन आएपछि कोर्टमा रहेका मन्त्रीहरु पनि त्यसअनुसार सतर्क भए ।

गुरुङको टिमबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, विधायन समिति सभापति मोहन रेग्मी, प्रदेश मामिला समिति संयोजक कृष्ण थापा लगायको टोली मैदानमा थियो ।

प्रतिस्पर्धी टिमको नेतृत्व प्रमुख सचिव हरिप्रसाद बस्याल आफैंले गरेका थिए । टोलीमा प्रहरी नायव महानिरीक्षण डिआइजी विनोद शर्मा घिमिरे, प्रहरी उपरीक्षक एसपी दानबहादुर कार्की, डिएसपी कृष्णबहादुर कार्की मैदानमा तम्तयार थिए । यो समूहमा निजामती कर्मचारीदेखि नेपाल प्रहरी, सशत्र प्रहरी पनि थिए ।

यो रोमाञ्चक भलिबल भिडन्त सशत्र प्रहरी बल ड्यामसाइडको भलिबल बिचमा भइरहेको छ ।

पहिलो सेट कर्मचारीको टोलीले जित्यो । दोस्रो सेटमा भने मुख्यमन्त्रीको टोलीले बाजी मा¥यो । तर तेस्रो सेट आफ्नो पक्षमा पार्दै कर्मचारीहरुको टिमले खेल जित्यो ।

कर्मचारीहरुको टोलीले अर्को खेलमा पत्रकारहरुको समूहलाई पनि पराजित गरेर फाइनलमा प्रवेश गरेको छ । उद्योगी तथा पर्यटन व्यवसायीको समूहलाई हराएर पश्चिमाञ्चल खेलकुद विकास समिति पनि फाइनलमा पुगेको छ ।

२ गते फाइनल खेल हुनेछ ।

मुख्यमन्त्रीदेखि कर्मचारीसम्म एकसाथ भलिबल खेल्ने अवसर भने संविधान दिवसले जुराएको हो । संघीय सरकार र अरु प्रदेश र स्थानीय तहका सरकारहले २, ३ र ४ गते भब्य कार्यक्रम गरेर संविधान दिवस मनाउँदैछन् । तर गण्डकी प्रदेशलाई अरुलाई भन्दा एक दिन अगाडि नै संविधान दिवस लागेको छ ।

औपचारिक कार्यक्रम भने भोलि सुरु हुने आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनका अनुसारसरसफाइ, वृक्षारोपण, ¥याली, रक्तदान, अन्तक्र्रियाका साथै दीपावली गरेर संविधान दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

२ गते पोखरा महानगरपालिकाले कार्यालय, मातहतका कार्यालय र सार्वजनिक स्थलमा सरसफाइ गर्ने तथा राष्ट्रिय झण्डा तथा व्यानर सजाउन प्रदेशले आग्रह गरेको छ । स्कुल तथा क्याम्पसहरुमा संविधान दिवस, राष्ट्रिय झण्डा लगायतका विषयमा वक्तृत्वकला, निवन्ध र हाजिरी जवाफ हुनेछ ।

३ गते बिहान साढे ७ बजे सहिद चोकस्थित सहिदको शालिकमा माल्यार्पण गरी हातहातमा झण्डा लिएर ¥याली गर्दै सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ । जनप्रतिनिधिलाई राष्ट्रिय पोशाकमा आउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ । दिउँसो संविधानका विविध पक्षमा अन्तक्र्रिया, अन्तरसंवाद र छलफल कार्यक्रम हुँदैछ ।

४ गते वृक्षारोपण, रक्तदान, लगायतका कार्यक्रम गर्न आग्रह गरिएको प्रदेश सरकारले जनाएको छ ।

तस्वीरः राधिका कँडेल

यो पनि पढ्नुहोस संविधान दिवसका दिन प्रदेश ३ मा बिहान तोप पड्काउने, साँझ दीपावली यो पनि पढ्नुहोस प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा फहराइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment