Comments Add Comment

राप्रपाको उपनिर्वाचन तयारी समितिलाई पूर्णता

१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि गठित केन्द्रीय उपनिर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ ।

उपनिर्वाचनको तयारी व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका प्रवक्ता नीलकण्ठ काफ्लेको संयोजकत्वमा गठित समितिलाई १५ सदस्यीय बनाइएको छ ।

जसको सदस्यहरुमा उद्धव पौडेल, हेमजंग गुरुङ, राम थापा, धनबहादुर बुढा, प्रदीपकुमार उदय, चन्द्रबहादुर गुरुङ, चन्देश्वरप्रसाद यादव, इन्द्र चित्रकार, राजाराम बर्तौला, तेजकुमार कुरुम्बाङ, जयलाल पुन, महेन्द्रबहादुर कार्की, माधव खत्री र मोहन श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment