Comments Add Comment

ओलम्पियाकोसले टोटनह्यामलाई रोक्यो

Photo Credit : च्याम्पियन्स लिग

२ असोज, काठमाडौं । इंग्लिस क्लब टोटनह्यामले च्याम्पियन्स लिग फुटबलको समूह चरणअन्तर्गत आफ्नो पहिलो खेलमा ओलम्पियाकोससँग बराबरी खेल्दै अंक बाँडेको छ ।

बुधबार राति समूह ‘बी’ को खेलमा घरेलु टोली ओलम्पियाकोसले टोटनह्यामलाई २-२ गोलको बराबरीमा रोकेको हो । टोटनह्यामले आफ्नो दुई गोलको अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको हो ।

खेलको २६औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । खेलको ३०औं मिनेटमा लुकास मउराले गोल गरेपछि टोटनह्यामले २-० गोलको अग्रता बनाएको थियो ।

तर खेलको ४४औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै ओलम्पियाकोसलाई २-१ गोलको स्थितिमा ल्याए । खेलको ५४औं मिनेटमा माथिउ भल्बुइनाले गोल गर्दै ओलम्पियाकोसलाई २-२ गोलको बराबरी दिलाएका हुन् ।

त्यस्तै, यसै समूहमा भएको खर्को खेलमा बायर्न म्युनिखले क्रेभेना भेज्दालाई ३-० गोलअन्तरले पराजित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment