Comments Add Comment

जंगली च्याउ खाएर झापामा ५ जना गम्भीर बिरामी

२ असोज, झापा । जिल्लाको कमल गाउँपालिका–५ मा विषाक्त जंगली च्याउ खाँदा ५ जना गम्भीर बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएर ५० वर्षीया मीना सार्की, उनका छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका हुन् ।

त्यस्तै सोही गाउँका ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राई पनि सिकिस्त बिरामी भएका छन् ।

बिरामी पाँचै जनालाई शुरुमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा थप उपचारका लागि बुधबार राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment