Comments Add Comment

गौशाला–चाबहिलमा बाटो खोई ? सडक विभागलाई थाहै छैन !

उपमहानिर्देशक सापकोटा भन्छन्– अनुगमन गरेर कारवाही गर्छौं

२ असोज, काठमाडौं । गौशालादेखि चाबहिलसम्मको सडकपेटी प्रयोग गर्न खोज्नुभयो भने तपाईले सडकपेटी नै भेटनुहुन्न । पैदलयात्री हिँड्न बनाएको सडकपेटी नभेटिएपछि सवारी साधन गुड्ने सडकबाटै हिँडनुपर्ने अवस्था छ ।

सडकबाट हिँड्दा दुर्घटना हुने जोखिम पनि उत्तिकै छ । तर, बाध्यताले सडक नै प्रयोग गर्नुपरिरहेको पैदलयात्रीको गुनासो छ ।

सडकपेटीमा हिँड्न नमिल्ने भएपछि सडकबार्ट हिँडिरहेकी कपनकी सपना कार्कीले आफनो ज्यानै जोखिममा पारेर सडकबाट हिँडनुपरेको गुनासो गरिन ।

‘सडक पेटीमा पसलेले सामान राखदिन्छन्, हामी कहाँबाट हिँड्नु ? उनले भनिन्, ‘जोखिम मोलेर भए पनि सडकबाटै भए हिँडनु परेको छ ।’

पदैलयात्री हिँड्न बनाएको सडक पेटीमा सडक विभागको लापरवाहीका कारण खुट्टासमेत राख्ने ठाउँ छैन । सडक पेटी कम्तिमा १ देखि २ मिटर चौडा हुनुपर्ने व्यवस्था छ । तर, पर्खाल लगाएर छाडिएको भागमा घरको सटर भेटिन्छ । यहाँ न त पैदलयात्रुका लागि बाटो छ, न त साइकलयात्री मैत्री बाटो छ । अपाङ्गतामैत्री बाटोको त कुरै नगरौं ।

सडक विभागको गल्तीका कारण त्यहाँ हिँड्ने पैदलयात्रीले सास्ती बेहोर्न बाध्य छन् । यस्तो समस्या चावहिल–गौशालामा मात्रै नभई त्रिपुरेश्वर, कलंकी लगायतका मुख्य सडकमा पनि प्रशस्त भेटिन्छ । मुख्य सडकदेखि सहायक सडकहरुमा पनि यही समस्या छ ।

गौशालामा खटिएका ट्राफिक प्रहरीका अनुसार कतिपय यात्रुहरु सडकपेटी नभेटेपछि आधा सडक नै ढाक्ने गरी सडकबाटै हिँड्ने गगरेका छन् । यसले गर्दा सवारी जामसँगै दुर्घटना पनि बढ्ने गरेको छ ।

हामीले सडकपेटीबाट हिँड्नोस् त भन्छौं नि, तर के गर्नु पेटीबाट हिँड्न त सडकपेटी पनि त हुनु पर्‍यो, एक ट्राफिक प्रहरीले भने ।

सार्वजनिक यतायात सम्बन्धी जानकार आशिष गजुरेल भन्छन्, ‘सडकपेटी नहाँदा यात्रुहरुको ज्यानै जोखिममा परेको छ, यसको जिम्मेवारी कसले लिने ? सडक विभागले कि चालकले ?

गजुरेलका अनुसार नेपालमा सडक पेटीको गलत डिजाइन भइरहेको छ । अन्तर्राष्ट्रिय सडकको मापदण्डअनुसार पहिले सडकपेटी बनाइन्छ, अनि मात्र सडक बनाइन्छ । तर, नेपालमा ठयाक्कै उल्टो छ, पहिले सडक बनाउँछन् अनिमात्रै सडकपेटी बनाउँछन् । यसरी बनाएको सडकमा कसरी साइकल मैत्री हुन्छ, कसरी पैदल यात्रुमैत्री, अपाङ्गतामैत्री हुन्छ ?

गजुरेलले यसो भनिरहँदा सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटा भने पेटी बनाउने ठेकेदारहरुलाई अनुगनमन गरेर कारबाही गर्ने बताउँछन् ।

तर, गौशाला– चाबहिल सडकको ठेक्का लागेको तीन बर्ष हुँदासमेत पनि अनुगमनमा ध्यान नदिएको सडक विभागले सडकपेटी नभएको बारे अहिलेसम्म थाहै पाएको रहेनछ । अनलाइनखबरले प्रश्न गरेपछि बल्ल उपमहानिर्देशक सापकोटाले सडक पेटी नभएको ठाउँमा तुरुन्तै अनुगमन गर्ने र गल्ती भेटिए ठेकदारलाई कारबाही गर्ने बताए ।

‘गल्ती भएको ठाउँमा कारवाही नहुने त कुरै हँुदैन,’ उनले भने, ‘हामी चाडैँ नै यससम्बन्धी काम गर्न भन्छौं ।’

पसलेले बाटो छेक्छन्, नियमन कसैले गर्दैन

पदैलयात्रीलाई हिँड्न बनाएको सडकपेटीमा पसलको ढोका र पर्खालसम्म पसलका सटरहरु छन् । अलिकति बाँकी भएको बाटोमा पनि सडकसँगैँ जोडिएको पसलेले सामानहरु राखेर साघुँरो बनाइदिएका छन् ।

यात्रुलाई हिँड्न बनाइएको सडकपेटी फुटफाथ व्यापारीले ढाकेका हुनाले पैदलयात्रीलाई झनै समस्या छ । नयाँ बानेश्वर चोकमा समेत पैदलयात्रीको बाटो पसलेहरुले ढाकेका छन् ।

व्यापारीहरुले सडक पेटीमा राखिएको सामान हटाउन अटेर गर्ने गरेका छन् । केही स्थानमा सडक विभागले पैदलयात्रु हिँड्नका लागि भन्दै सडक त बनाएको छ ।

तर, ती सडक पैदल यात्रुले प्रयोग गर्न पाएका छैनन् । विभागले ठेक्का दिएका अधिकांश सडकमा यस्ता समस्या देखिएका छन् । यसले दुर्घटना समेत बढाएको ट्राफिक प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment