Comments Add Comment

पुरानो मेडिकल कलेज भरतपुरमा एक दिन ओपीडी सेवा निःशुल्क

२ असोज, चितवन । चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा आज (बिहीबार) ओपीडी सेवा निःशुल्क गरिएको छ ।

भोलि (शुक्रबार) परेको संविधान दिवसको अवसरमा अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको हो ।

कलेजमा सामान्य र विशेष गरी दुई प्रकारका ओपीडी सञ्चालन हुँदै आएको छ । यहाँ दैनिक एक हजार हाराहारी बिरामी ओपिडी सेवा लिन आउने गरेका छन् ।

कलेजमा १८ वटा विभागमा ओपीडी सेवा रहेको छ । ती सबै विभागको ओपीडी बिहीबार एक दिनका लागि निःशुल्क रहने अस्पतालमा जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए ।

भरतपुरकै चितवन मेडिकल कलेज र भरतपुर अस्पतालले पनि ओपीडी सेवा निःशुल्क गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment