Comments Add Comment

न्यूरोडमा अनुगमन टोलीलाई बोरामा बाँधेर फ्याँक्ने धम्की !

२ असोज, काठमाडौं । न्यूरोडको रन्जना कम्प्लेक्सको कपडा होलसेलमा अनुगमन गर्न पुगेको वाणिज्य विभागको टोली माथि व्यवसायीले दुर्व्यवहार गरेका छन् ।

लत्ताकपडामा अस्वाभाविक मूल्यवृद्धि गरिएको सूचना पछि बिहीबार अनुगमनमा गएको विभागको तीन टोलीमाथि अबरोध गर्दै व्यवसायीले बोरामा बाँधेर कम्पलेक्सबाट खसाल्ने धम्की दिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले अनलाइनखबरलाई बताए ।

मूल्यसूची नराखेका, खरिद बिल बिजक नभएका ४ वटा पसललाई जनही ५० हजार रुपैयाँका दरले अनुगमन टोलीले जारिवाना गरेपछि व्यवसायी अनुगमन टोलीमाथि खनिएको महानिर्देशक गौचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment