Comments Add Comment

संविधान दिवसमा रत्नपार्क र बाइसधारा प्रवेश निःशुल्क

२ असोज, काठमाडौं । असोज २, ३ र ४ गते रत्नपार्क वा बालाजु पार्कमा जाने आम सर्वसाधारणले निशुल्क प्रवेश पाउने भएका छन् । अरु बेला ती पार्कमा जान सर्वसाधारणले शुल्क तिर्नुपर्ने हुन्थ्यो ।

काठमाडौं महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा ती दुई पार्कमा जाने सर्वसाधारणका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको हो । बालाजु बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि रु २५ शुल्क लाग्ने गर्छ ।

संविधान दिवस भव्य रुपमा मनाउन पनि काठमाडौं महानगरपालिकाले सहजीकरण गर्ने भएको छ । संविधान दिवसका दिन टुँडिखेलमा हुने समारोहमा आउने सर्वसाधारणका लागि समेत महानगरपालिकाले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने भएको छ ।

कार्यक्रम स्थललाई व्यवस्थापन गर्न आवश्यक पर्ने फलाम आदिको पाइप राखेर ध्वजा पताकासहितको तोरण र हावा भरेको बेलुनले सजावट गर्ने जस्ता काम पनि महानगरले गर्ने भएको छ ।

प्रत्येक वडा कार्यालयहरुबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायत स्थानीय सहभागी गराएर सांस्कृतिक झाँकीसहितको ¥याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने, सहभागीलाई राष्ट्रिय झण्डासहित ¥यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई एक÷एक सय थान राष्ट्रिय झण्डा उपलब्ध गराउने जस्ता काम पनि महानगपालिकाले नै गर्ने छ ।

शिक्षा विभागमार्फत विद्यालयहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डा लगायत राष्ट्र भक्तिका बिषयमा कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने र प्रत्येक बिधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था गर्ने समेत निर्णय महानगरले गरेको छ । महानगरले महानगरबासीलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउन समेत आग्रह गरेको छ ।

दिवसका दिन सैनिक मञ्चमा हुने विभिन्न कार्यक्रममा महानगरले नेपाली सेनालाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउनेछ । यसमा नेपाली सेनाले गर्ने सैनिक मञ्चको सजावट, फूल गमला, सगुन, शौचालय, सरसफाई लगायतका कामका लागि ५० हजार रुपैयाँ महानगरले उपलब्ध गराउने छ ।

त्यस्तै मञ्चको दुवैतर्फ राख्न कपडाको व्यानर र नेपाली सेनाले उडाउने हेलिकप्टरमा संविधान दिवस २०७६ अङ्कित ब्यानर, सैनिक मञ्चमा आवश्यक पर्ने कुर्सी महानगरले उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment