Comments Add Comment

चितवनमा २८ करोडको लागतमा होटल बन्दै

२ असोज, चितवन । चितवनको भरतपुरमा २८ करोडको लागतमा ग्यालेक्सी गार्डेन रिर्सोट बन्ने भएको छ । भरतपुर महानगरपालिका–४ मा ब्याङक्वेटसहितको होटल निर्माणको काम सुरु भएको छ ।

गत जेठ महिनाबाट होटलको भौतिक पूर्वधार निर्माण कार्य सुरु भएको रिर्सोटका अध्यक्ष इमान्दु बरालले जानकारी दिए । ब्याङ्क्वेट र रेष्टुरेन्टसहितको संरचना बनेपछि होटलको निर्माण कार्य थालिने उनले बताए ।

४२ कठ्ठा क्षेत्रफलमा रहेको रिर्सोट नारायणगढ बजारबाट ४ किलोमिटर र चौंविसकोठीबाट ३.५ किलोमिटर दक्षिण पश्चिममा पर्छ । रिर्सोटको सबै संरचनालाई अन्तिम रुप दिँदा लागत ४५ करोडको हाराहारीमा पुग्ने अनुमान छ । ६० वेड क्षमता रहने होटलमा १५० जना अटाउने छन् । रिर्सोटमा ५३ जना व्यवसायीहरुको सामूहिक लगानी रहेको बरालले बताए ।

नारायणगढ बजारको कोर क्षेत्रबाट केही टाढा शान्त वातावरण भएको स्थान रिर्सोटका लागि चयन गरिएको उनले बताए । पर्याप्त पार्किङ र खुल्ला क्षेत्र रिर्सोटमा रहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment