Comments Add Comment

विप्लव समूहका धनकुटा–मोरङ सेक्रेटरी दिपक राईद्वारा पार्टी परित्याग

२ असोज, विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दिपक राईले पार्टी परित्याग गरेका छन् ।

धरानमा नेपाली सेनाले प्रयोग गर्ने हतियार छाडेर भागेको अभियोगमा पक्राउ परेका राई बिहीबार धरौटीमा छुटे लगत्तै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनको आयोजना गरेर राईले पार्टीले लिएको सिद्धान्त ठिक भएपनि व्यवहार गलत भएकाले आफू विप्लव समूहबाट अलग भएको बताए ।

गत फागुन १४ गते मे ५ प ७५ नम्बरको मोटसाइकलमा सवार केराबारीका ४२ वर्षीय देवकुमार लिम्वुलाई धरान उपमहानगरपालिका–६ पानबारीबाट हतियारसहित पक्राउ गर्न सफल भएपनि राई भने फरार भएको प्रहरीले दाबी गरेको छ ।

फरार रहेकै अवस्थामा गत असार ९ गते उनी मोरङको बेलबारीबाट उनी पक्राउ परेका थिए । प्रहरीले उनी विरुद्ध सुनसरीमा संगठित अपराध, हातहतियार खरखजना अभियोगमा जिल्ला अदालत सुनसरी इनरुवामा मुद्दा दर्ता गराएको थियो । ४६ दिन सुनसरी प्रहरीको हिरासतमा बसेका राईलाई अदालतले भदौ २४ गते साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

अदालतबाट छुटे लगतै उनलाई मोरङको बेलवारीमा ल्याएर बम विस्फोट मुद्दा चलाइएको थियो । जिल्ला अदालत मोरङले २६ गते साधरण तारेकमा छोड्न आदेश दिएपनि उनलाई पुनः प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो ।

अदालतले छाड्ने आदेश दिएपनि पक्राउ परेका राईलाई बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङले ४ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

२०६३ सालदेखि तत्कालिन माओवादीमा संलग्न भएका उनी पार्टी विभाजन भएसँगै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र त्यहाँबाट पनि विभाजित भएपछि विप्लव नेतृत्वको नेकपामा लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment