Comments Add Comment

विश्व मार्सल आर्ट्समा कमललाई दोहोरो स्वर्ण

२ असोज, काठमाडौं । नेपाली उमा कुङफु खेलाडी कमल मगरले विश्व मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जितेका छन् ।

क्रोएसियामा भएको प्रतियोगितामा कमलले किक बक्सिङ र नाइन चाकुमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघले जनाएको छ । कमलले थप एक कांस्य पनि हात पारे ।

त्यस्तै जीवन गुरुङले ट्रेडिसनल फोर्ममा एक रजत तथा रमेश महर्जनले कातामा एक कास्य हात पारे । प्रतियोगितामा विभिन्न २३ राष्ट्रका ६ सय भन्दा बढी खेलाडीले सहभागिता जनाएको उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले बताए ।

पदक विजेता टोलीलाई अध्यक्ष लामासहित उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भुपेन्द्र गुरुङ लगायतले बिहीबार स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment