Comments Add Comment

नेकपा नेता तथा पूर्वसांसद् हरि बैरागीको निधन

३ असोज, काठमाडौं । पूर्वसांसद् तथा नेकपाका नेता हरि बैरागी दाहालको निधन भएको छ । ६२ वर्षीय दाहालको मस्तिष्कघातबाट निधन भएको हो ।

०५१ सालको आमनिर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट सांसद् निर्वाचित दाहाल पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गरिरहेका थिए ।

सक्रिय राजनीतिभन्दा विकासे अभियन्ताका रूपमा सक्रिय उनी नेकपाको कुनै जिम्मेवारीमा भने थिएनन् । हाँसोठट्टा गर्ने रमाइलो स्वभावका दाहाललाई दुई दिनअघि मस्तिस्कघात भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उनको हृदयघात र मस्तिकघातका कारण निधन भएको नेकपाका केन्द्रीय सदस्य तथा संखुवासभाका सांसद् राजेन्द्र गौतमले बताए । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान १० देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

०३५ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका दाहालले भूमिगतकालमा जनताबीच कम्युनिस्ट आन्दोलनको विस्तार गरेको गौतमले बताए । उनी ०४३ सालको पञ्चायती चुनावमा जनपक्षीय उम्मेदवार बनेका थिए ।

दाहालका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment