Comments Add Comment

गोरखामा ७२ वर्षीया फ्रान्सेली नागरिकको हेलिकप्टरद्वारा उद्धार

३ असोज, गोरखा । धार्चे गाउँपालिका-४ लाप्राकबाट फ्रान्सेली नागरिकको उद्धार गरिएको छ । ७२ वर्षीया यान म्यारीको शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको हो ।

यति मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न आएकी उनी बिरामी परेकी थिइन् । लगातारको वर्षातमा भिजेका कारण निमोनिया भएको बताइएको छ । ‘तीन दिनदेखि बिरामी हुनुभएको रहेछ, हिजो मात्र हामीलाई खवर आयो,’ यती माउण्टेन एडभेन्चरका प्रवन्धक श्री गुरुङले भने, ‘मौसम खराब भएका कारण हिजो हेली उड्न सकेन, अनि आज उद्धार गरेका हौ ।’

म्यारीको काठमाडौं लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको गुरुङले बताए । छोरासहित गाइड र पोर्टर लिएर उनी मनास्लु पदमार्ग हुँदै लार्के पासका लागि आएकी थिइन् ।

उनीसँगै आएका छोरा आमालाई काठमाडौं पठाएर लार्के पासका लागि हिँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment