Comments Add Comment

एनआईसी एशिया र लोक सेवा आयोगबीच राजश्व संकलन गर्ने सम्झौता

३ असोज, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व एन आई सी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एनआईसी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्नेछन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपाने र लोक सेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालज्यूलेे हस्ताक्षर गरे ।

उक्त सम्झौतासँग्ौ देशभर अधिकतम शाखा सञ्जाल रहेको यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment