Comments Add Comment

जानकी मन्दिरमा बम रहेको हल्लाले प्रहरी हैरान

३ असोज, जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा बम भएको हल्ला फैलिएपछि प्रहरीले झण्डै एक घण्टाभन्दा बढी समय चेकजाँच गरेको छ ।

पूजापाठ तथा दर्शनका लागि आएका श्रद्वालु, मन्दिर परिसरमा रहेका व्यापारीसहित सबैलाई बाहिर निकालेर प्रहरीले एक घण्टासम्म चेकजाँच गरेको हो । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले मन्दिरभित्र विस्फोटक पदार्थ राखिएको सूचनाको आधारमा चेकजाँच गरिएको बताए ।

खनालले प्रहरीका साथै विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरलाई समेत ल्याई चेकजाँच गरिएको बताए । यद्यपी कतै केही फेला नपरेको उनले बताए । ‘हामीले विस्फोटक पदार्थ राखएको सूचना पाएपछि चेकजाँच गरेका हौं’ नले भने, “तर त्यस्तो केही पनि फेला परेन ।’

उनले विस्फोटक पदार्थ फेला नपरेपछि मन्दिर दर्शनका लागि खुल्ला गरिएको बताए । ‘हामीले केही बेर दर्शनार्थीसहितकाई परिसर बाहिर राखेर चेकजाँच गर्‍यौं र, अहिले पुनः दर्शनका लागि खुल्ला गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment