Comments Add Comment

विदेशी ज्वाइँले देश खाइदिन्छ भनेर डराउनुपर्दैन : डा. भट्टराई

३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकतामा छोरा र छोरीबीच समान व्यवहार गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विदेशी ज्वाइँ वा बुहारी आएर देश खाइदिन्छ भनेर डराउनु नपर्ने बताए ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको नागरिकतासम्बन्धी विधेयकमा विदेशी बुहारी  र ज्वाइँलाई विवाह गरेर आउनेवित्‍तिकै नागरिकता दिने कि नदिने भन्ने बहस भइरहेका बेला समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईको यस्तो धारणा आएको हो ।

‘अहिलेको युगमा छोरा र छोरीबीच विभेद गर्न हुँदैन । कि त दुबैलाई तत्कालै (नागरिकता) दिऔं, कुनै आकाश खस्दैन । छोराछोरी आफ्नै देशमा राख्न सकेका छैनौं, सबै विदेशतिर गएर देश खाली हुन थाल्यो’ उनले भने ‘विदेशीले ज्वाइँले देश भरिन्छ, बुहारीले यो देश खाइदिन्छ भनेर किन डराउनुपर्‍यो ? जब छोराछोरी त देशमा बस्दैनन् भने ज्वाइँ र बुहारीसँग किन डराउनुपर्‍यो  ?’

डा. भट्टराईले छोरा र छोरीलाई एउटै मान्यता हुने गरी नागरिकता ऐनमा व्यवस्था गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment