Comments Add Comment

एनआरएनए एसिया प्यासिफिक संयोजकमा अजीव गुरुङद्वारा उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा अजीव गुरुङ ‘ओम’ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने भएका छन् ।

एनआरएनए जापानको उपाध्यक्षमा अत्याधिक मतको साथ बिजयी भएर यस अभियानमा संलग्न हुँदै अध्यक्ष र ३ पटकसम्म आईसीसीको पदमा काम गरिसकेका गुरुङले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मिएका गुरुङको घर अहिले चितवनको माडीमा छ । उनी बिगत लामो समयदेखि जापानमा स्थापित सफल रेष्टुरेण्ट र रेमिट्यान्स ब्यवसायी हुन ।

एक कार्यकाल आफू ब्याक बसेर आर्का उपाध्यक्षलाई अध्यक्षमा मार्गप्रसस्त गरेर मन जितेका थिए ।  गुरुङ आफू अध्यक्षको उमेद्वार हुँदा ६ जान प्रत्यासीहरु लगायत सिंगो कार्यसमिति सर्बसम्बत गराएका थिए ।

यसअघिका आईसीसीको  अधिबेशनहरुमा पनि आफ्नो बलियो सम्भावना हुँदाहुँदै पनि साथीहरुलाई समर्थन गरी अघि लगाएर पछाडि  बसेको  भन्दै गुरुङले अब आफ्नो पालो आएको बताए ।

नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफूले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिन लागेको उनको भनाइ  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment