Comments Add Comment

स्ट्याण्डर्ड चार्टर्डलाई इक्रा रेटिङमा तीनवटा ए श्रेणी

३ असोज, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्डलाई -आइसिआरएएनपी-आइआर) द्वारा जारी श्रेणीमा तीनवटा ए श्रेणी प्रदान गरिएको छ ।

आइसिआरए नेपाल, नेपालको पहिलो सम्मान श्रेणी निर्धारण गर्ने एजेन्सी र भारतीय आइसिआरए लिको सहायक निकायद्वारा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (एससिबिएनएल)लाई (आइसिआरएएनपि-आइआर) द्वारा जारी श्रेणीमा तीनवटा ए श्रेणी प्रदान गरिएको छ ।

श्रेणी मूल्याँकनको आधार वित्तिय दायित्वहरुको समयमै सेवासँग सम्बन्धित सुरक्षाको उच्च डिग्री हुनुलाई लिइन्छ । यसप्रकारका जारीकर्ताहरुले अत्यन्त कम क्रेडिट जोखिम बहन गर्दछन् ।

श्रेणी निर्धारण कार्यको कारक बैंकको मजबुत अभिभावकत्व (स्ट्याण्डर्ड चार्टर्ड समुहको ७० प्रतिशत हिस्सा) हो, यसका साथै एससिबि-युकेसँग गरिएको विद्यमान प्राविधिक सेवा सम्झौता पनि भएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment