Comments Add Comment

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

५ असोज, काठमाडौं । नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार काठमाडौंबाट रोल्पा जाँदै गरेको ना४ख २६०७ नंको बसको ठक्करबाट उदयपुरको गाईघाट स्थायी ठेगाना भएका ४५ वर्षीय रामप्रसाद राजधामीको ज्यान गएको हो । राजधामी भरतपुर महानगरपालिका २९ मा मजदुरी गर्दै आइरहेका थिए ।

शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना राति १२ः३० बजे भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment