Comments Add Comment

१४ महिनाकी बालिकाले पिउँछिन् दैनिक डेढ लिटर कफी, कारण यस्तो छ

आम रूपमा पाँच वर्षभन्दा कम उमेरका बच्चालाई कफी नपिलाउन सल्लाह दिइन्छ । तर इन्डोनेसियामा एकजना १४ महिनाकी बालिकाले दिनमा डेढ लिटर कफी पिउँदछिन् ।

यति सानो उमेरमा यतिधेरै कफी पिउँदा पनि ती बालिकालाई कुनै समस्या देखिएको छैन ।

ती बच्चीको नाम हजिदाह हो । पश्चिमी सुलावेसी प्रान्तको तोनरो लिमा गाउँकी ती बच्चीका बुवाआमा निकै गरीब छन् । जसका कारण उनीहरु दैनिक रुपमा दूध किनेर आफ्नी छोरीलाई खुवाउन सक्दैनन् । उनीहरुले सस्तो मूल्यको कफी किन्दछन् र त्यसैलाई पानीमा उमालेर छोरीलाई खुवाउँदछन् ।

यति सानो उमेरकी शिशुलाई ठूलो मात्रामा कफी पिलाउने गरेको खबर मिडियामा आएपछि स्वास्थ्य संस्थाका मानिसहरु उक्त गाउँमा गएर ती बच्चीका मातापितासँग भेटघाट गरे । उनीहरुले दूध र बिस्कुट लगेर दिए र बच्चीलाई कफी पिलाउनु फाइदानक नहुने भन्दै आइन्दा कफी नपिउन सल्लाह दिएपनि उनीहरुसँग बच्चीलाई दूध किन्ने पैसा छैन । त्यसैले सस्तो कफी किनेर छोरीलाई पिलाउन बाध्य छन् ।

कफी पिउँदा पिउँदा ती बच्चीमा कफीको लत बसिसकेको छ । कफी नपिएसम्म छोरीलाई निद्रै नआउने अनिता बताउँछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment