Comments Add Comment

दीपकको गुनासो–‘नक्कली आइडी बनाएर बिष ओकलियो’

निर्माता तथा निर्देशक दीपकराज गिरी स्पष्ट बोल्न अगाडि छन् । कहिलेकाही उनको बोली धेरैका लागि तितो समेत हुनसक्छ । उनै, दीपकले आफूहरु विरुद्ध नक्कली आइडी बनाएरै बिष ओकलिएको गुनासो गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–‘हाम्रो अकल्पनिय लगातारको सफलताले अत्तालिएका केही व्यक्तिहरु सामाजिक संजालहरुमा नक्कली आइडी बनाएर समुह निर्माण नै गरेर हामी विरुद्ध बिषय ओकलिरहेका छन् ।’

उनले प्रश्न गरे–‘हामीले मिहिनेत गर्यौ, दर्शकले माया गरिदिनुभयो, चलचित्रले दुर्लभ सफलता पायो । यो के अपराध हो ? नेपाली चलचित्र र नेपाली संकृतीका पक्षमा आवाज उठाउनु गल्ती हो ?’

उनले यस्ता तत्वहरुसँग सजक रहन पनि आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । विशेषगरि, दिपकराज गिरी र रोहित अधिकारीको टिमले मिलेर बनाएको चलचित्र ‘छ माया छपक्कै’को ट्रेलरमा आएको नकारात्मक प्रतिक्रियापछि यस्तो भनाई दीपकले सार्वजनिक गरेका हुन् ।

आफूहरु निरन्तर रुपमा नेपाली संकृतीको विकासमा लागिरहेको दीपकले लेखेका छन् । चलचित्र ‘छ माया छपक्कै’ असोजको २४ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment