Comments Add Comment

टीकापुर उद्योग बाणिज्य संघको अध्यक्षमा भण्डारी विजयी

५ असोज, कैलाली । टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन् ।

प्रतिद्वन्द्वी धुर्वराज खत्रीलाई २२१ मतले पराजित गर्दै अध्यक्षमा भण्डारी विजयी भएका हुन । उनले ५४१ मत प्राप्त गरे । खत्रीले ३२० मत पाएका थिए ।

त्यस्तै उद्योग उपाध्यक्षमा जगतराम चौधरी ४६३ मत प्राप्त गरि विजयी भए । प्रतिस्पर्धी रामप्रसाद चौधरीले ३३७ मत ल्याए ।

वाणिज्य उपाध्यक्षमा चक्रपाणि सापकोटा ५८५ मतले विजयी भएका छन् । प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायले ३४६ मत प्राप्त गरे ।

महासचिवमा तपेन्द्र स्वारले १५८ मतान्तरले प्रेमबहाऽ रावललाई पराजित गरेका छन् । स्वारले ५३२ मत ल्याउँदा रावलले ३७४ मत ल्याए ।

त्यस्तै सचिवमा गणेशराज रेग्मी विजयी भएका छन् । उनले ५०५ मत प्राप्त गर्दा टोपबहादुर विश्वकर्माले ४०८ मत ल्याएका थिए ।

कोषाध्यक्षमा ५६२ मतका साथ कमल चौधरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी मोहनप्रसाद जैशीले ४५३ मत पाए ।

त्यस्तै, सदस्यहरुमा भण्डारी प्यानलका नवराज रिमाल (५२१), तपेन्द्र कुँवर (५०६), मानबहादुर ठकुल्ला (४७३), रामबहादुर साउँद (४४५), टेकबहादुर सोडारी (४४३), सन्तोश खड्का (३९७) हिक्मत रावल (३८६) मत ल्याएर विजयी भएका छन् ।

खत्री प्यानलका एकमात्र सदस्य जीवन गौचन थकाली (४००) मत पाएर विजयी भएका छन् ।

यसैगरी महिला सदस्यमा शिला खनाल सापकोटा (४९९), दलित सदस्यतर्फ अमित टमट्टा (४६३), जनजाती सदस्यमा जितबहादुर चौधरी (४११) मत ल्याएर विजयी भएका छन् ।

जित पछि प्रतिकृया दिदै भण्डारीले यो जित टीकापुरका सम्पूर्ण व्यवसायीहरुको रहेको बताएका छन् । उनले व्यापारीहरुका हकहितका लागि आफू लागि पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment