Comments Add Comment

डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

५ असोज, काठमाडौं । आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

५ लाख रुपैयाँ राशीको उक्त पुरस्कार उनलाई आइतबार काठमाडौमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरिन् ।

त्यस्तै राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई प्रदान गरिएको छ । उनीहरुलाई जनही २ लाख ५० हजार रुपैयाँ दिइएको छ । भदौ अन्तिम हप्ताको मन्त्रिपरिषदले राष्ट्रिय प्रतिभा पुरस्कार र राष्ट्रिय प्रतिभा अनुदान दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment