Comments Add Comment

उपासनाको गज्जबको फड्को, तर सजिलो छैन आगामी बाटो

चलचित्र ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएपछि निर्देशक रामबाबु गुरुङले नायिका उपासना सिंह ठकुरीलाई ‘कबड्डी कबड्डी कबड्डी’मा लिने मनस्थिती पक्का गरेका थिए ।

यो गीतमा उनको अभिनय हेरेपछि उनी पक्का थिए कि, उपासना आफ्नो कथाको पात्रमा फिट छिन् । तर, नायक दयाहाङ राई भने उपासनालाई शंकाको घेराले हेर्दै थिए । कतै उपासना आफ्नो जोडी नभएर छोरी जस्तो देखिने हुन् कि भन्ने डर दयामा थियो । तर, स्क्रिन टेष्ट गर्दा दयालाई उपासना आफ्नो जोडीमा फिट लाग्यो ।

पहिलो चलचित्रमा काँचो माटो देखिएकी उपासनाले दोश्रो चलचित्रसम्म आइपुग्दा आफूलाई बलियो रुपमा प्रस्तुत गरेकी छिन् । चलचित्रले मिश्रित समिक्षा पाइरहँदा उनको प्रशंसा भैरहेको छ । कसैले उनलाई पहिलो चलचित्रमा भन्दा राम्रो काम गरेको प्रतिक्रिया दिइरहेका छन् भने कसैले उनलाई अबको चलचित्र क्षेत्र हाँक्ने नायिका भनेर समेत भन्न भ्याएका छन् ।

केही समय अगाडि अनलाइनखबरसँगको कुराकानीमा उपासनाले आफूलाई नम्बर १ नायिका बन्ने सोच नआएको बताएकी थिइन् । बरु, उनले भनेकी थिइन्–‘मलाई राम्रो अभिनय गरेर दर्शकको मन जित्नु छ ।’ उनको चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार मात्र गरेको छैन, उनले दर्शकको मन आफ्नो कामले पनि जितेकी छिन् । यसैले, त उनलाई अबको आशा लाग्दी नायिका भनेर विश्लेषण गर्न थालिएको छ ।

चलचित्र क्षेत्रमा नायिकाको स्टारडम पछिल्ला बर्षमा चाडो परिवर्तन भैरहेको छ । प्रियंका कार्कीको नम्बर १ को पोजिसन नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उछिनिन् । प्रियंकाले जति चाडो सफलता पाइन्, त्यती नै चाडो आफ्नो स्थान पनि गुमाइन् । साम्राज्ञीलाई पनि अहिले नम्बर १ को स्थान जोगाउन गाह्रो परिरहेको छ ।

यसैले, पनि नायिकाहरुको पोजिशनमा आएको फेरबदलले उपासनालाई अगाडि ल्याउन सक्छ । तर, यसका लागि उनले आगामी चलचित्र रोज्दा धेरै पटक सोच्नुपर्ने हुन्छ । भलै, उनले पहिलो चलचित्रमा आफूलाई नोटिस गराइन् भने दोश्रो चलचित्रमा दर्शक र समिक्षकको तारिफ कमाइन् ।

तर, दुबै चलचित्रले चर्चा पाउनुमा उनी मात्र कारण थिइनन् । यसैले पनि उपासनाका लागि आगामी दिन सजिलो भने छैन । तर, उनले आफूलाई औलामा गन्न सकिने संभावित नायिकाहरुको सूचीमा भने उभ्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment