Comments Add Comment

फिटनेसका लागि कागतीको बोक्रा

प्रायः तपाईं-हामी कागतीको रसलाई पानीमा मिसाएर पिउने गर्दछौं र त्यसको बोक्रा फालिदिन्छौं । त्यस्तै अचार-तरकारीमा पनि कागतीको रस निचोर्छौं र बोक्रालाई त्यसैगरी फालिदिन्छौं । तर, कागतीको बोक्रा हाम्रो स्वास्थका लागि कतिसम्म फाइदाजनक छ भन्ने कुरा आज हामी तपाईंहरुलाई बताइरहेका छौं ।

स्वास्थ र फिटनेसलाई कायम राख्नका लागि अचेल हामी विभिन्न प्रकारका एक्सपेरिमेन्टहरु गरिरहेका हुन्छौं । तर, घरमा नै उपलब्ध हुने केही त्यस्ता चिजहरु छन्, जसले हाम्रो स्वास्थ र फिटनेसलाई कायम राख्नका लागि सहयोग पुर्‍याउन सक्छन् ।

कागतीको बोक्रामा निकै नै गुणकारी तत्वहरु रहेका हुन्छन् । कागतीको बोक्राका फाइदाहरु के-के छन् त ?

क्यान्सरबाट जोगाउँछ

क्यान्सरबाट बच्नका लागि कागतीको बोक्रा निकै नै फाइदाजनक छ । तर, यसबारेमा धेरै कम व्यक्तिहरुलाई मात्र जानकारी छ । कागतीको बोक्रा क्यान्सरबाट जोगाउन तथा त्यसको उपचारमा निकै नै सहयोगी सावित भएको छ । कागतीको बोक्रामा रहेको तत्वले क्यान्सरका सेल्सहरुसंग लड्नका लागि सहयोगी सावित हुन्छन् ।

कम्मरको आकार घटाउन सहयोगी

कागतीको बोक्रा हाम्रो शरीरको तौल घटाउन पनि उपयोगी हुन्छ । त्यसमा पेक्टिन हुन्छ, जसले शरीरमा जम्मा भएर रहेको अतिरिक्त बोसोलाई हटाउने काम गर्छ । यदि तपाईं पनि आफ्नो वजन घटाउन चाहनु हुन्छ भने कागतीको बोक्राको सेवन गर्न थाल्नुहोला ।

कोलेस्ट्रोल घटाउन कागतीको बोक्रा

कागतीको बोक्रा कोलेस्ट्रोलको स्तर घटाउन समेत उपयोगी हुन्छ । शरीरमा कोलेस्ट्रोलको अधिक मात्राले मुटुलाई समेत हानी पुर्‍याउन सक्छ ।

छालालाई राख्छ फ्रेस

चाउरीपना, डण्डिफोर पेग्मेन्टेसन तथा गहिरो दागबाट जोगाउनका लागि कागतीको बोक्राको प्रतिस्पर्धा अरु केहीसँग गर्न सकिन्न । कागतीको बोक्रामा रहेको फ्रेस रेडिकल्स यो प्रकृयामा निकै प्रभावकारी रहेको छ । यसका साथै त्यसमा पाइने एन्टि-अक्सिडेन्टले छालालाई डिटोक्सिफाइ गर्छ, जसले तपाईंको अनुहार चम्किलो र आकर्षक देखिन्छ ।

हड्डीलाई बनाउँछ मजबुत

कागतीको बोक्राले हाम्रो हड्डीलाई समेत मजबुत बनाउने काम गर्छ । त्यसमा उच्च मात्रामा क्याल्सियम तथा भिटामिन सी पाइन्छ । त्यसबाहेक कागतीको बोक्राले हड्डीसँग सम्बन्धित रोगहरु जस्तो ओस्टियोपोरोसिस, रहयूमेटोयड अर्थराइटिस तथा इन्फ्लेमेटरी पोलिअर्थराइटिसबाट समेत बचाउन सहयोग पुर्‍याउँछ ।

शरीरबाट हटाउँछ टक्सिन

हाम्रो शरीरमा विभिन्न प्रकारका टक्सिनहरु हुन्छन् । ती पदार्थहरुले हाम्रो शरीरलाई भित्र-भित्रै कमजोर बनाउने मात्र होइन, त्यसका साथै शरीर भित्रैबाट अल्कोहल तथा हानीकारण खाद्य पदार्थहरु सेवन गर्ने इच्छा समेत बढाउँछ । कागतीको बोक्रा आफ्नो अमिलो स्वाद तथा स्वभावका कारण, ती विषालु पदार्थलाई टाढा राख्न सहयोगी सावित हुन्छ, जुन हाम्रो स्वास्थ र फिटनेसका लागि निकै नै फाइदाजनक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment