Comments Add Comment

मेगामा गाभिने भयो गण्डकी, सम्झौता पत्रमा हस्ताक्षर

८ असोज, काठमाडौं । मेगा बैंकले गण्डकी विकास बैंकलाई एक्विजिशन गर्ने भएको छ ।  केही दिन यता लगातार भएको छलफल पछि दुई संस्थाबीच बुधबार एक्विजिशन गर्ने जाने गरी सहमति जुटेकाे छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

बुधबार दिउँसोदेखि बसेको बैठकमा अपरान्ह ४ बजे पछि सहमति जुटेको थियो । सबै विषयमा सहमति भए पछि मेगा बैंकका अध्यक्ष शाह र गण्डकी विकास बैंकका अध्यक्ष सुशील गौचनले हस्ताक्षर गरे ।

मेगा बैंक ९ वर्ष अघि स्थापना भएको ‘क’ वर्गको वाणिज्य बैंक हो भने गण्डकी राष्ट्रिय स्तरको विकास बैंक हो । मेगाको केन्द्रीय कार्यालय काठमाडौं मै छ भने गण्डकीको केन्द्रीय कार्यालय कास्कीको पोखरामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment