Comments Add Comment

ग्लोबल आइएमई र जनता बैंक पुस महिनाभित्र एक हुने

८ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाललाई आपसमा गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । २० असारमा यी दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने सहमति गरेका थिए ।

राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएसँगै अब दुबै बैंकले मर्ज भएर एक बन्नका लागि तयारी तीव्र पारेका छन् । सैद्धान्तिक सहमति पाएको ३ महिनाभित्र दुबै बैंकहरु मर्ज भएर एकीकृत कारोबार शुरु गर्नु पर्नेछ ।

मर्जरका लागि सेयर स्वामित्वको अनुपात भने १०० : ८५ हुने भएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत जनता बैंकका परशुराम कुँवर क्षेत्री रहनेछन् भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन् । नाम भने ग्लोबल आइएमई नै राख्ने सहमति भएको छ ।

मर्जर पछि बन्ने बैंकको अध्यक्षमा चन्द्र ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा दुबै बैंकको प्रतिनिधित्व आपसी सहमति गरिने सहमतिमा उल्लेख गरिएको छ । सञ्चालक समितिमा जनताका तर्फबाट ३ जना लगिने भद्र सहमति भएको बताइएको छ ।

मर्जर पछि हाल रहेका बैंक मध्ये सबैभन्दा बलियो ग्लोवल आइएमई बन्नेछ । ग्लोबल आइएमईको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख रहेको छ । उता जनता बैंकको जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

पुँजीका हिसाबले मर्जर भए पछि यो बैंक मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment