Comments Add Comment

खानाको स्वाद अनुसार कस्तो हुनुपर्छ पकाउने भाँडाबर्तन ?

स्वाद अनुसार छान्नुपर्छ पकाउने भाँडा

पछिल्लो समय प्लाष्टिकका भाँडाको बढी प्रयोगले धातुका भाँडाहरुलाई विस्तापित गर्दै गईरहेको छ । प्लाष्टिकका भाँडाहरु खाना पकाउन बाहेक अरु सबै काममा प्रयोग गर्ने गरिएको हुन्छ । खाना पकाउन प्रयोग गर्न नसकिने भएपनि अरु प्रयोगको लागि मूल्य र तौलमा कमि हुने भएकोले धातुका भाँडाहरुको विकल्प खोज्ने गरिएको पाईन्छ । तैपनि धातुका भाँडा पूर्ण रुपमा विस्तापित भने भईसकेको छैन ।

खाना पकाउने भाँडाहरुको आ-आफ्नै विशेषता हुन्छ । खाना पकाउँदा भाँडाको गुणको असर भोजनमा समेत पर्ने देखिन्छ । केही यस्ता भाँडाहरु पनि हुन्छन्, जुन खाना पकाउनको लागि धेरै प्रयोग गर्ने गरिन्छ । खानालाई विभिन्न किसिमको भाँडामा राख्दा रासायनिक प्रतिक्रिया भएर अर्कै रंग र स्वाद समेत हुने सम्भावना रहन्छ । त्यसैले धातुको भाँडा प्रयोगगर्दा स्वादको आधारमा भाँडाको चयन गर्नुपर्ने हुन्छ ।

कस्तो भाँडामा खाना राख्दा प्रतिक्रिया भएर कस्तो हुन्छ ? भन्ने विषयलाई वैज्ञानिकहरुले समेत पुष्टि गरिसकेका छन् । जसलाई हामीले संक्षिप्त रुपमा व्याख्या गर्ने प्रयास गरेका छौं ।

पित्तलको भाँडा

पित्तलका भाँडाहरु केही समय पहिलेसम्म निकै प्रचलनमा थिए । अहिले यसको प्रयोग केही घटेको छ । वैज्ञानिक आधारमा भन्दा पित्तलको भाँडामा नुन र अमिलो खानेकुरा राख्दा रासायनिक प्रतिक्रिय हुने गर्दछ । यसका लागि धेरै अमिलो या धेरै नुनिलो खानेकुरालाई यसमा पकाउन वा खान हुँदैन । अन्यथा यसले पाचन प्रक्रियामा समस्या उत्पन्न थराउँछ ।

तामाको भाँडा

तामाको भाँडाको उपयोग समेत पुरानो जमानामा धेरै गर्ने गरिन्थ्यो । विशेषगरी मल्लकाल तिर काठमाडौंमा यसको धेरै प्रयोग भएको पाईन्छ । यसमा पनि पित्तलमा जस्तै अमिलो एवं नुनिलो खाना राख्दा रासायनिक प्रतिक्रिया हुने गर्दछ । यस्तो अवस्थामा हामीले खाना राख्ने वा पकाउने भाँडामा ध्यान नदिने हो भने खानामा रासायनिक प्रतिकि्रया भएर स्वाद र पौष्टिकतामा समेत असर पर्ने गर्दछ । जस्तो कि भोजनमा रहेको अर्गानिक एसिड भाँडाको साथ प्रतिक्रिया भएर कपर पैदा हुने गर्दछ । जुन तत्व शरीरको लागि नोक्सानी गर्ने खालको हुन्छ ।

आल्मोनियमको भाँडो

आल्मोनियमको भाँडो हरेक घरमा पाउने गरिन्छ । गर्मी हुने समयमा आल्मोनियममा रहेका अणुहरु एकदमै सक्रिय हुने गर्दछ र आल्मोनियम एकदमै छिटो तातो पनि हुनेगर्दछ । आल्मोनियमको भाँडामा खाना पकाउनु स्वास्थ्यको लागि हानिकारक हुन्छ । आल्मोनियममा रहेका अणुहरु अमिलो बस्तुहरुसँग छिटै सक्रिय रासायनिक प्रतिक्रिया हुने गर्दछ । यसको लागि यसमा खटाई या अम्लीय बस्तुहरुको प्रयोग गर्नु उपयुक्त हुँदैन ।

स्टेनलेस स्टिल

यसको प्रयोग पछिल्लो समय एकदमै धेरै चलनमा रहेको पाईन्छ । यो एक मिश्रति धातु हो । जो फलाममा कार्बन, क्रोमियम र निकल मिलाएर बनाईन्छ । यसमा खाना पकाउँदा वा खाँदा स्वास्थ्यका लागि कुनै नोक्सानी हुँदैन । यसको तापमान निकै छिटो बढ्ने गर्दछ ।

 फलाम

भोजन पकाउन एवं खानको लागि फलामको भाँडा हरेक कोणबाट फाईदाजनक हुने गर्दछ । यस्तो भाँडामा पकाईएको खानामा आईरनको मात्रा आफैं बढ्ने गर्दछ । जसबाट भरपुर मात्रामा पोषण मिल्ने गर्दछ । सामान्य तरिकाले हेर्दा सबै मानिसहरुलाई शरीरमा आईरनको मात्रा अति आवश्यक हुन्छ । महिलाहरुलाई विशेष किसिमले यसको जरुरत पर्ने गर्दछ ।

नन स्टिक

नन स्टिकको मतलब हुन्छ नटाँसिने भाँडा । अर्थात्, यस्तो भाँडा जहाँ खाना टासिँदैन । यस्ता भाँडाहरुमा खाना पकाउनको लागि अधिक तेल र घिउको समेत आवश्यकता पर्दैन । तर, यस भाँडाहरुलाई अत्यधिक तातो गराउँदा यसबाट रसायन उत्सर्जित हुन्छ । जुन मानिसको लागि हानिकारक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment