Comments Add Comment

मकवानपुरको जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

९ असोज, काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मकवानपुर जिल्लाको हेटौडा उप-महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । हेटाैंडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकृत श्री प्रेमराज जोशीले एक समारोहकाबीच उद्घाटन गरे ।

जिल्ला प्रशासन कार्यलयम्ाा आउने सेवाग्राहीहरुले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनिसेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment