Comments Add Comment

सगरमाथा आधार शिविरबाट लुक्लासम्म साइक्लिङ

१० असोज, काठमाडौं । पर्यटकले अब सगरमाथा आधार शिविरबाट लुक्लासम्म साइकलमा झर्ने गरी साहसिक पर्यटनको मौका उठाउन पाउने भएका छन् ।

विभिन्न शाहसिक पर्यटकीय गतिविधि संचालन गर्दै आएको हिमालय एक्सपीडीसन्सले नयाँ टुरिजम प्रडक्ट ’बाइक माउन्ट एभरेष्ट’ को औपचारिक घोषणा गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त प्रडक्टको घोषणा गरिएको हो ।

सांसद पम्फा भुसाल, पूर्वपर्यटनमन्त्री याङ्किला शेर्पा, कांग्रेस नेता मदन आमात्य, युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहार्टलगायतले शुक्रबार ’बाइक माउन्ट एभरेष्ट’ को प्रबर्द्धनात्मक पुस्तिका बिमोचन गरेका हुन् । कार्यक्रममा हिमालय एक्सपीडीसन्सका अध्यक्ष बिक्रम पाँडेले ‘बाइक माउन्ट एभरेष्ट’ ले पर्यटकलाई सगरमाथा क्षेत्रमा अफ सिजन (जुन देखि सेप्टेम्बरसम्म)मा साइकल बत्याउँदै उच्च हिमाली भेगका शेर्पा बस्तिहरुको दृश्यपान गराउने बताए ।

बाइक माउन्ट एभरेष्ट एक साइक्लिङ गतिबिधि हो । सहभागीहरु आम पदयात्री जस्तै पहिले पदयात्रा गर्दै सगरमाथाको आधार शिविर पुग्ने र फर्कने क्रममा साइकल बत्याउँदै झर्ने सुविधा उपलब्ध गराइने भएको छ । यस प्रडक्टलाई संसारकै उत्कृष्ट साहसिक गतिबिधिका रुपमा प्रवद्र्धन गर्ने योजना रहेको उनले बताए । पर्यटकको निगरानी गर्न अनुभवी गाइडसमेत खटिने उदले उल्लेख गरे । यात्रा प्राविधिक रुपमा निकै गाह्रो भए पनि, यसले रोमान्चकता थप्ने उनको भनाई छ ।

सगरमाथाको कठिन भौगोलिक बनोटका बाबजुत बाइक माउन्ट एभरेष्ट सुरक्षित प्रडक्ट भएको हिमालय एक्सपीडीसन्सका अपरेसन्स म्यानेजर दिपक राइले बताए । उनका अनुसार प्राबिधिक टोलीले केहि महिना अघि सगरमाथा आधार शिबिरदेखि लुक्लासम्म साइकल कुदाएर रुटको रेक्की सफलतापुर्वक सम्पन्न गरेको थियो । सोही आधारमा उक्त ट्रेललाइ ’साइकल चलाउन योग्य’ भनि प्रमाणित समेत गरिएको छ ।

उक्त अवसरमा सांसद पम्फा भुषालले बिदेशी पर्यटकका लागि नेपाल भ्रमण बर्ष २०१९ को एक उपहारका रुपमा ’बाइक माउन्ट एभरेष्ट’ सावित हुने उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment