Comments Add Comment

परिवारका ११ सदस्य, आपसमा २३ पटक बिहे

छिमेकी मुलुक चीनमा विवाह तथा डिभोर्ससँग सम्बन्धित एउटा अनौठो घटना सार्वजनिक भएको छ ।

एउटा चिनियाँ परिवारका ११ सदस्यहरुले एक आपसमा २३ पटक बिहे गरेका छन् । तर दुई हप्ताको बीचमै सबैले एक अर्कासँग डिभोर्स पनि गरेका छन् ।

समाचार अनुसार सरकारी सुविधा लिनका लागि परिवारका सदस्यहरुले एक अर्कालाई बिहे गरेका हुन् ।

झेजियांग प्रान्तस्थित लिसुई सहर नजिकैको एक सानो गाउँमा बस्ने पेन नामका एक व्यक्तिले सरकारको सहरी नवीकरण मुआब्जा योजनाको बारेमा थाहा पाए । उक्त योजना अनुसार स्थानीय बासिन्दालाई कम्तिमा ४० वर्गमिटरको एउटा अपार्टमेन्ट दिइने घोषणा गरिएको थियो ।

सरकारको उक्त योजनाको लाभ उठाउन पेनको एउटा गज्जबको आइडिया सोचें । उनले सन् २०११ मा डिभोर्स गरिसकेकी आफ्नी पूर्वपत्नीसँग पुनः बिहे गरे ।

त्यसपछि सरकारी योजना अन्तर्गत उनलाई अपार्टमेन्ट प्राप्त भयो । अपार्टमेन्ट पाएको ६ दिनपछि उनले ती पत्नीसँग फेरि डिभोर्स गरे ।

ती व्यक्तिको लोभ यति बढ्यो कि अर्को अपार्टमेन्ट पाउनका लागि उनले आफ्नी साली र बहिनीसँग पनि बिहे गरे । यतिमात्र नभै अन्य महिला आफन्तहरुलाई पनि उनले यहीँ धोखाधडीमा फसाए ।

डिभोर्स गरिसकेका आफ्ना बुवा आमाको पनि पुनः बिहे गराइदिए । पञ्जिकरण गरेर अपार्टमेन्ट पाएपछि डिभोर्स गराइदिए ।

अन्ततः ती व्यक्तिको त्यस्तो बदमासीको बारेमा सरकारी अधिकारीहरुले जानकारी पाए ।

यसरी एक अर्कामा बिहे गर्दै डिभोर्स गर्दै गर्ने ११ जना व्यक्ति एकै ठाउँका रहेको पनि खुलेको छ । त्यसको मूल नाइके चाहिँ पेन नामका व्यक्ति थिए ।

प्रहरीले सबै ११ जनालाई गिरफ्तार गरेको छ । अनुसन्धानपछि ४ जनालाई हिरासतमा लिइएको बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment