Comments Add Comment

यती एअरलाइन्सका सफल २१ वर्ष

१० असोज, काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं पहिलो कार्वन न्युट्रल हवाई कम्पनी यती एअरलाइन्सले सफलतापूर्वक २१ वर्ष पूरा गरेको छ । स्थापना कालदेखि नै सेवामुखी हवाई कम्पनीको पहिचान बोकेको यति एअरलाइन्सले सुरक्षित र आरामदायी उडान भर्दै दुई दशक पार गरेको हो ।

निजी क्षेत्रतर्फ सन् १९९८ सेप्टेम्बर २१ देखि सुरु भएको यस कम्पनीले देशैभर आफ्नो सेवालाई विस्तार गर्दै आएको छ । नेपालमा नियमित रुपमा सञ्चालनमा रहेको ३३ वटा विमानस्थलमध्ये हाल यती एअरलाइन्सले ९ स्थान र भातृ संस्था तारा एयरले १२ गरी २१ विमानस्थलमा दैनिक रुपमा उडान भरेर धेरै उडान भर्ने हवाई कम्पनीको सूचीमा नाम राखेको छ ।

माउण्टेन फ्लाइट सहित यतीले दैनिक नेपालका ठूला शहर मात्र नभई अति दुर्गम कर्णालीसम्म उडान सेवा प्रदान गर्दै आएको छ ।दुई दशकको सेवामा यती व्यवसायमुखी मात्र नभई सामाजिक सेवामुखी हवाई कम्पनीको रुपमा पनि अग्रस्थानमा रहेको छ । नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल कम्पनी यती एअरलाइन्सले व्यवसायसँगै विभिन्न किसिमका सामाजिक परिवर्तनका कार्यहरु समानान्तर रुपले निरन्तर गर्दै आइरहेको छ ।

कम्पनी २१ वर्ष पूरा गरी २२ वर्षमा प्रवेश गरेको अवसरमा नयाँ प्रविधि जडित र सुविधायुक्त जहाज थप गरी सेवा विस्तार गर्ने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले बताए । यतीले देशका अधिकांश विमानस्थलमा उडान सेवा सुरु गरेको तर सेवाग्राहीको अभावले पछिल्लो समय रोकिएको र आगामी दिनमा जतिसक्दो सबै विमानस्थलहरुमा सेवा पु¥याउने लक्ष्य रहेको योजना राईले बताए । रुकुमको सल्ले, चौरजहारी, साँफेबगर, बझाङ, डोटी, रुम्जाटार, खानीडाँडा, लामीडाँडा, भोजपुर, सुकेटार, जोमसोम, काँगेल जस्ता दुर्गम र अत्यावश्यक क्षेत्रमापुनःसेवा सुचारु गर्ने लक्ष्य राखेको पनि राईले जानकारी दिए ।

यतीका प्रयासहरुः

सगरमाथा सफाई अभियान
स्थानीय सरकार तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको सहकार्यमा सगरमाथा सफाई अभियानमा यती र भातृ संस्था तारा एयर निरन्तर लागिरहेको छ । पर्यावरण स्वच्छ बनाई पर्यटनलाई प्रवद्र्धन गर्न सगरमाथा लगायत खुम्बु क्षेत्रका फोहोर संकलन गरी काठमाडौं ढुवानी गर्दै आएको छ । यो अभियान सन् २००८ देखि शुरु गरेको हो । सन् २००८ देखि २०१८ सम्म७५ टन फोहोर काठमाडौं ल्याइएको छ भने सन् २०१९ को अन्तिमसम्म थप ३० टन फोहोर संकलन गर्ने लक्ष्य रहेको छ । टे«किङ्ग लगायत पर्यटन गतिविधिबाट सगरमाथा क्षेत्रमा उत्पादन भएका फोहोरहरुलाई संकलन गरी विमान मार्फत् काठमाडौं ल्याइन्छ र पुनःप्रशोधन गरी आवश्यक उपयोगी सामग्रीको रुपमा बजारमा पु¥याउने गरिन्छ ।

कार्वन न्युट्रलमा अग्रणी
यती एअरलाइनस नेपालमा कार्वन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो र एकमात्र हवाई कम्पनी हो । कार्वन उत्सर्जन कम गर्न इन्धन बढी खपत गर्ने विमानलाई विस्थापित गरी कम इन्धनमा चल्ने जहाज खरिद गरी सेवा विस्तार गरेको छ । विगत दुई वर्ष भित्रै कम्पनीले ५ वटा एटिआर विमान खरिद गरी देशका मुख्य शहरहरुमा सेवा थप गरेकोछ । त्यस्तै एअरपोर्टमा यात्रुलाई जहाजसम्म ल्याउने÷पु¥याउने सुविधाका लागि प्रयोग हुने सवारी साधनको सन्दर्भमा पनि विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ र डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सबै सवारी साधनहरुलाई बिस्तारै विस्थापित गर्दै विद्युतीय सवारी थप गर्ने तर्फ कम्पनी अघि बढेको छ । यतीले प्रयोगमा ल्याइएका जहाज तथा सवारी साधनबाट भएको उत्सर्जित कार्वनको राष्ट्र संघबाट सम्बन्धन प्राप्त संस्थाबाट अडिट गराई क्षतिपूर्ति गर्दै आइरहेको छ । साथै यती एअरलाइन्सले विगत १० वर्ष देखि विभिन्न संघसंस्थाहरुको सहकार्यमा कैलाली, कञ्चनपुर, डोटी र सोलुखुम्बु क्षेत्रमा २ लाख ८० हजारभन्दा बढी वृक्षारोपण समेत गरेको छ ।

दीगो विकास लक्ष्य प्राप्तिमा हातेमालो
यती एअरलाइन्सले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न संयुक्त राष्ट्र संघ विकास नियोग (युएनडिपि) सँग सहकार्य गरिरहेको छ ।दीगो विकास लक्ष्यका १७ वटा बुँदामध्ये यतीले बुँदा नम्बर ५ को जेन्डर इक्वालिटी, १३ नम्बर बुँदाको क्लाइमेट एक्सन र १७ को बँुदाको पार्टनरसिप टु अचिभ दि गोल गरी ३ वटा बुँदामासहकार्य गरी कामहरु अघि बढाएको छ । यतीका प्रत्येक जहाज, सवारीसाधन र प्रचारसामग्रीमा दीगो विकास लक्ष्यको लोगो राख्ने गरिएको छ ।

दुर्गममुखी सेवामा तत्पर
यती र यसको भातृ संस्था तारा एयरले दुर्गम क्षेत्रमा हवाई सेवा प्रदान गरी दुर्गममुखी हवाई सेवाकम्पनीको रुपमा पनि चिनिएको छ । सुविधासम्पन्न क्षेत्रमा ५ वटा जेटस्ट्रीम र ५ एटिआरले उडान भर्दै आइरहेको छभने बाँकी दुर्गम क्षेत्रमा तारा एयरका ४ ट्वीनअटर र २ डोर्नियर जहाजले उडान भर्दै आएको छ । अन्य एअरलाइन्सले पर्यटकको चाप बढ्ने सिजनमा सेवा दिने तर अफसिजनमा सेवा बन्द गर्ने गरेको भए तापनि तारा एअरले बाह्रै महिना सबै ठाउँमा सेवा दिने गरेको छ ।

सडक सञ्जाल नपुगेको क्षेत्रमा त्यस क्षेत्रका स्थानीयबासीले बढी दुःख खेप्नुपर्ने बाध्यतालाई कम गर्न तारा एयरले दुर्गमका विमानस्थलमा उडान भर्ने गरेको हो । लुक्ला, जोमसोम, सिमिकोट, रारा, डोल्पा, जुम्ला, फाप्लु, बाजुरा लगायतका स्थानहरुमा नियमित उडान गर्दै आएको छ भने तालिका विना पनि आवश्यकतानुसार अन्य स्थानहरुमा समेत उडान गर्दै आएको छ । सडकको पहुँच नपुगेका क्षेत्रमा खाद्यान्न, अत्यावश्यक र निर्माणका सामग्री पु¥याई रहेको छभने विरामी, सुत्केरीहरुको समेत उद्दार गरिरहेको छ ।

कर्णाली क्षेत्रमा खाद्यान्न संकट न्यूनीकरण गर्न खाद्य संस्थान र विश्व खाद्य कार्यक्रमको खाद्यसामग्री ढुवानीमा सहयोग पु¥याएको छ । खाद्यान्नसँगै बिरामीदेखि निर्माण सामग्री समेत ढुवानीमा सहयोग गर्दै आएको छ । तारा एयरले मात्र यस वर्ष लुक्लामा ५६ हजार ५६, जोमसोममा ३२ हजार ६ सय ४८, सिमिकोटमा १७ हजार ४ सय ७५, रारामा १४ हजार ९ सय ४२, डोल्पामा ११ हजार २ सय ७०, जुम्लामा ६ हजार ६ सय ८४, फाप्लुमा ३ हजार ६ सय २८ र बाजुरामा १ हजार १८ जना गरी एक लाख ४३ हजार ७ सय २१ यात्रुलाई सेवा दिएका थिए ।

पर्यटन प्रवद्र्धनमा जोड
स्थापनाकालदेखिनै नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुमा नियमित उडान गरेर पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ । पोखरा, जोमसोम, मनाङ, खुम्बु, कर्णाली लगायतका पर्यटन क्षेत्रको पर्यटन प्रवद्र्धनमा तारा एअरले उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ ।

एयरपोर्ट बन्द हँुदा समेत सेवाग्राहीलाई वैकल्पिक सुविधा 
विमानस्थल कालोपत्रे गर्ने क्रममा लुक्ला विमानस्थल बन्द हँुदा अन्य विकल्प थिएन तर तारा एयरले पर्यटक तथा स्थानीयहरुलाई काठमाडौंबाट लामिडाँडा र फाप्लुसम्म जहाजमा पु¥याई त्यहाँबाट हेलिकप्टरबाट खुम्बु पु¥याइएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग
यती एअरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छभने दैवी प्रकोपको समयमा समेत प्रभावितहरुलाई आवश्यकतानुसार आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ ।

अशक्त तथा ज्येष्ठ नागरिकलाई छुट
यती तथा तारा एअरले आफ्नो प्रत्येक उडान सेवामा शारीरिक रुपमा अशक्तलाई हवाई भाडामा ५० प्रतिशत तथा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई २५ प्रतिशत छुट दिँदै आइरहेको छ ।

सुरक्षित हवाई सेवाको लागि प्रमाणित
इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एशोसिएशन (आयटा)ले यती एअरलाइन्सको सुरक्षा सम्बन्धी अडिट गरेरसुरक्षित सेवाका लागि सन् २०१६ र २०१९ मा गरी दुई पटकआयटा स्टान्डर्ड सेफ्टी अडिट प्रमाणपत्रले सम्मान गरेको छ ।आयटाद्वारा यो प्रमाणपत्र प्रदान गरिएको नेपालको एकमात्र हवाई कम्पनी यती एअरलाइन्स हो ।

दुई दशकको दौरानमा यती एअरलाइन्सलेनेपालमा पूर्वदेखि पश्चिमसम्म सबैभन्दा धेरै हवाई सेवा प्रदान गर्ने नेपालकै एक मात्र हवाई कम्पनीको रुपमा पहिचान स्थापित गरेको छ । हिमाल, पहाड र तराईकाबहुसंख्यक विमानस्थलहरुमा सेवा दिईराखेको र आफ्ना सेवाहरु थप विस्तार गर्ने योजना पनि रहेको छ । साथै समयअनुसारको नयाँ प्रविधि सहितको जहाजहरु थप गर्दै सुरक्षित तथा भरपर्दो हवाई सेवा विस्तार गर्दै लगिने यती एअरलाइन्सको उद्देश्य रहको छ ।

२१ वर्षसम्मको गरिमामय यात्रामा अनवरत साथ, सद्भाव र विश्वास गरी सेवा गर्ने अवसर प्रदान गरी दिनुहुने सम्पूर्ण आदरणीय यात्रु महानुभावहरुप्रति यती एअरलाइन्सले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै आउने दिनहरुमा पनि यात्रु महानुभावहरुको माया, साथ र सहयोगको अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment