Comments Add Comment

सारा टेलरले लिइन् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

१० असोज, काठमाडौं । इंग्ल्याण्डकी सारा टेलरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छन् । उनले मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण सन्यास लिएकी हुन् ।

‘यो निकै कठिन निर्णय हो तर मलाई थाहा छ यो मेरो लागि र मेरो स्वास्थ्यका लागि पनि सही हो’ उनले भनेकी छन् ।

विश्वकै उत्कृष्ट विकेटकिपर मध्ये एक टेलर इंल्याण्डका लागि सबभन्दा धेरै रन बनाउने महिला क्रिकेटरहरुको सूचीमा दोस्रो नम्बरमा छिन् । उनले ६ हजार ५३३ रन बनाएकी छन् ।

आफ्नो क्रिकेट करियरप्रति गर्व रहेको र शिर ठाडो पारेर सन्यास लिन लागेको उनले बताइन् ।

२००६ मा डेब्यू गरेकी टेलरले २०१६ मा पनि क्रिकेटमा केही समय विश्राम लिएकी थिइन् ।

२००९ का साथै २०१७ को विश्वकप विजेता टिममा रहेकी उनले तीन एसेज सिरिज पनि खेलेकी छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट तीन पटक टी–२० को उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment