Comments Add Comment

‘नेपाल प्रिमियर लिग क्रिकेट यर्सवर्ष’

११ असोज, काठमाडौं । नेपाल क्रिकेट संघको नवनिर्वाचित कमिटीले यसैवर्ष नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आयोजना गर्ने योजना सुनाएको छ ।

शनिबार भएको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष चन्दले भने, ‘सबै कुरा नियमित रुपमा अगाडि बढ्यो र अक्टोबर १३ मा आईसीसीबाट सुखद खबर सुन्न पायौं भने यही वर्ष (२०७६ भित्र) नेपाल पि्रमियर लिग गर्न अगाडि बढ्छौं ।’

१३ अक्टोबरमा बस्ने आईसीसी बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्ने विश्वास लिइएको छ ।

अध्यक्ष चन्दकाअनुसार क्रिकेट संघले गर्ने एनपीएल यो भब्य हुने र यसले क्रिकेटमा फड्को मार्नेछ ।

अन्य फ्रेन्चाइज लिगबारे सोधिएको प्रश्नले उनले नेपालका कानुन, क्रिकेट संघको विधानअनुसार भएको भए अवरोध नगर्ने बताए । तर आईसीसीले एउटा चिठ्ठीको भरमा अनुमति दिएकाले अध्ययन भने गर्नुपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment