Comments Add Comment

प्रिमियर लिगमा लिभरपुलको सातौं जित

११ असोज, काठमाडौं । जर्जिनियो वाइनाल्डमको गोलसँगै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सिजनको सातौं जित हात पारेको छ । शनिबार भएको खेलमा लिग लिडर लिभरपुलले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले हराएको हो ।

सेफिल्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर ७० औं मिनेटमा वाइनाल्डमले गोल गर्दै टिमलाई जित दिलाए ।

यो सिजन लिभरपुलले लिगमा सातवटै खेल जितेको छ । र २१ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटी ८ अंकले पछाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment