Comments Add Comment

‘सरौतो’ गीतः सन्नी र सुमीको ‘केही आधा’

चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो चलचित्र कात्तिक २२ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारहरु सुमी मोक्तान र सन्नी सिंहलाई फिचरिङ गरिएको छ ।

यो गीतमा पुष्पन प्रधानको शब्द , संगीत र स्वर छ । चलचित्रलाई हरि हुमागाँइले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा कोरियोग्राफी र छायांकन हुमागाँइकै छ । यो गीतको भिडियोलाई १४ दिन लगाएर नेपालको हरेक प्रदेशमा खिचिएको निर्माणपक्षले बताएको छ । भिडियोलाई बन्दीपुर , पोखरा , धम्पुस , मुस्ताङ , लुम्बिनी , सौराहा , जनकपुरमा खिचिएको छ ।

यो चलचित्रमा सुमी र सन्नीसँगै लियो ट्यांक , विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएका यो चलचित्रलाई बदलाको कथामा तयार पारिएको छ ।

चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन छ । निर्देशक हुमागाँइले कथासँगै यो गीत पर्दामा देखिने भएकाले पनि विशेष रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment