Comments Add Comment

लघुवित्त बैंकर्स संघले पायो नयाँ नेतृत्व

१२ असोज, काठमाडौं । लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था लघुवित्त बैंकर्स संघको अध्यक्षमा वसन्त लम्साल निर्वाचित भएका छन् ।

आइतबार राजधानीमा सम्पन्न संघको १२ औं अधिवेशनबाट संघको अध्यक्षमा विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लम्साल सर्वसम्मतले निर्वाचित भएका हुन् । अध्यक्षका लागि लक्ष्मी लघुवित्त वित्तीय संस्थाका उपाध्यक्ष प्रकाशराज शर्मा समेत आकांक्षी थिए ।

सर्वसम्मत नपाउने भएपछि शर्मा पछि हटेका हुन् । संघको उपाध्यक्षमा फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी निर्वाचित भएका छन् भने महासचिवमा नेसनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव निर्वाचित भएका छन् ।

यसैगरी, संघको सचिवमा वोमी लघुवित्त वित्तीय संस्थाका प्रमख कार्यकारी अधिकृत प्रमेश आचार्य चयन भएका छन् । कोषाध्यक्षमा भने मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत दोहोरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment