Comments Add Comment

‘छड्के २’ निर्माणको घोषणा

बक्स अफिसमा ३ दिन आक्रामक कमाई गरेर चौथो दिनदेखि खराब वर्ड अफ माउथले कमजोर बनेको चलचित्र हो, ‘छड्के’ । निगम श्रेष्ठको निर्देशनमा बनेको यो चलचित्रले केही बर्ष अगाडि बम्पर ओपनिङ गरेको थियो । तर, बक्स अफिसमा खराब कथामा कारण यो चलचित्र चिप्लिएको थियो ।

तर, अब यो चलचित्रको दोश्रो भाग बन्ने भएको छ । निर्देशक निगम श्रेष्ठले सामाजिक संजालमा पोष्टर सार्वजनिक गर्दै ‘छड्के २’ बन्न लागेको जानकारी दिएका छन् । अहिले चलचित्रको प्री–प्रोडक्शनको काम भैरहेको छ । चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । यो चलचित्र आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ ।

‘छड्के’मा सौगात मल्ल, नम्रता श्रेष्ठ, विपिन कार्की लगायतका कलाकारको मुख्य भूमिका थियो । तर, यसको सिरिजका लागि कलाकार फाइनल भने भैसकेका छैनन् । तिहारपछि चलचित्रको छायांकन सुरु गर्ने योजना निगमको छ ।

‘छड्के’ बक्स अफिसमा असफल भएपनि यसको नाम भने ब्रान्ड बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment