Comments Add Comment

विदेशमा विपिनको ‘जात्रै जात्रा’ चलेपछि ‘सेल्फी किङ्ग’को माग बढ्यो

अष्ट्रेलियामा बम्पर व्यापार गरेको नायक विपिन कार्की अभिनित ‘जात्रै जात्रा’ले उनको विदेशी बजार भ्यालु बढाएको छ । यसैले, उनले अभिनय गरिरहेको नयाँ चलचित्र ‘सेल्फी किङ्ग’लाई पनि छायांकनको क्रममा नै विदेशबाट माग आउन थालेको छ ।

अर्कोतिर, चलचित्र ‘प्रसाद’ निर्माण गरेको टिमको चलचित्र भएकाले पनि यसको माग विदेशमा बढेको हो । निर्माता सुभाष थापाका अनुसार अष्ट्रेलियाका लागि ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेन्मेन्टले नै ‘सेल्फी किंग’को प्रदर्शन अधिकार खरिद गरेको छ । यसका लागि २५ लाख रुपैयाँमा संझौता भएको निर्माता थापाको भनाई छ ।

यस्तै युरोप, अमेरिका, जापान, कोरिया, साउदी अबर, दुबई, हङकंङ, मलेसिया लगायतका देशबाट पनि चलचित्रको प्रदर्शन अधिकार खरिदको लागि प्रस्ताव आइरहेको उनले बताए । दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माण रहेको चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको छ । ‘सेल्फी किंग’को नामले परिचित एक चर्चित टेलिभिजनमा काम गर्ने हाँस्य कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् ।

यो चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सह–निर्माताको रुपमा राजेश बिसुराल र प्रवल कोइराला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment