Comments Add Comment

सिटिजन्स बैंकको काठमाडौंमा दुई शाखा विस्तार

१६ असोज, काठमाडौं । सिटिजन्स बैंकले एकै दिन काठमाडौंमा दुई शाखा विस्तार गरेका छ । बैंकले काठमाडौंको लामबगर र सिनामंगलमा बुधबार शाखा विस्तार गरेको हो ।

 बैंकले विस्तार गरेको शाखामार्फत वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष रहेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु उक्त शाखामार्फत प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले ८४ शाखा, ७९ एटिएम र १०२ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment