Comments Add Comment

ज्ञान र विद्वानकी देवीः स्कन्दमाताको पावन कथा

सिंहासनगता नित्यं पद्माश्रतिकरद्वया ।
शुभदास्तु सदा देवी स्कंदमाता यशस्विनी ।।

पहाडहरुमा रहेर सांसारिक जीवहरुमा नवचेतनाको निर्माण स्कन्दमाताले गर्छिन् । नवरात्रीको पाँचौ दिन यी देवीको पुजा-अर्चना गरिन्छ । यसको कृपाले बुद्धिको विकास हुने र ज्ञानी बन्ने विश्वास रहेको छ ।

स्कन्द कुमार कार्तिकेयको माता भएकी कारण यी देवीको नाम स्कन्दमाता अभिहित गरिएको हो । यीनको विग्रहमा भगवान स्कन्द बालरुपमा यीनको काखमा विराजमान रहेका छन् ।

यी देवीका चार हात छन्, जसमा दाहिने तिरको माथिल्लो हातले छोरा स्कन्दलाई बोकेकी छिन् भने तल्लो हातले कमलको पुष्प समातेकी छिन् । त्यस्तै बायाँतर्फको माथिल्लो हातले वरदमुद्रामा छ भने तल्लो हातमा कमल पुष्प रहेको छ । यीनको वर्ण अति नै शुभ्र छ । यीनी कमलको आसनमा विराजमान छिन्, त्यसैले यी देवीलाई पद्मासना पनि भनिन्छ । सिंह यी देवीको वाहन हो ।
यीनको उपासनाले भक्तको समस्त इच्छाहरु पूरा हुन्छ । भक्तलाई मोक्ष प्राप्त हुन्छ । सूर्यमण्यडलकी अधिष्ठात्री देवी भएका कारण यीनका उपासकमा अलौकिक तेज र कान्तिमय हुन्छ ।

यी देवीको पूजा गर्नाले मोक्षको मार्ग सुलभ हुन्छ । यी देवी विद्धान र सेवकहरुलाई जन्माउन सक्ने शक्ति छ अर्थात चेतनाको निर्माण गर्ने देवी । भनिन्छ आज जति पनि विद्धानहरुले रचनाहरु सफल भएका छन् ति सबमा माता स्कन्दमाताको कृपाले नै सम्भव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment